धादिङ — प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नं. २ मा मतगणना जारी रहेको छ। रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, नेत्रावती गाउँपालिका तथा ज्वालामुखी गाउँपालिका (७, ६, ५, ४, ३ वडा) सम्मको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ ले आफ्नो अग्रता झन् बढाउन सफल हुनु भएको छ।
हालसम्मको कुल मतपरिणाम अनुसार घण्टी (बोधनारायण श्रेष्ठ) १३,९७७ मत प्राप्त गर्दै रुख (रमेश प्रसाद धमला) ११,४२१ मतको तुलनामा २,४५४ मतको अग्रता कायम राख्नुभएको छ।
मतगणना जारी रहँदा बोधनारायण श्रेष्ठको अग्रता अझै बढ्न सक्ने सम्भावना छ, जसले धादिङ–२ मा रास्वपाको विजयी सम्भावना बलियो बनाएको छ।

प्रकाशित २०८२/११/२३ सनिबार ११:१४ बिहान


