काठमाडौं — प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले देशका विभिन्न निर्वाचन क्षेत्रबाट उल्लेखनीय सफलता हासिल गरेका छन्। हालसम्म सार्वजनिक परिणाम अनुसार रास्वपाका ३४ जना उम्मेदवार प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
प्राप्त विवरण अनुसार रूपन्देही–३ बाट डा. लेखजंग थापा ५८ हजार ८१४ मतसहित विजयी भएका छन्। रूपन्देही–२ बाट सुलभ खरेल ५६ हजार ५५० मतसहित निर्वाचित भएका छन् भने मोरङ–६ बाट रुविना आचार्य ५५ हजार ५१३ मत ल्याउँदै विजयी भएकी छन्।
यसैगरी चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन्। धनुषा–३ बाट मनिष झा ४३ हजार ९८८ मत ल्याउँदै निर्वाचित भएका छन् भने बारा–४ बाट रहबर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्।
मोरङ–४ बाट सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याउँदै विजयी भएका छन् भने बारा–३ बाट अरबिन्द साह ४० हजार ६९७ मतसहित निर्वाचित भएका छन्। कास्की–३ बाट बिना गुरुङ ३७ हजार ७५० मत ल्याउँदै विजयी भएकी छन्।
काठमाडौं–१० बाट प्रदीप विष्ट ३७ हजार ४६९, काठमाडौं–९ बाट डोलप्रसाद अर्याल ३५ हजार ९३, महोत्तरी–१ बाट प्रमोदकुमार महतो ३४ हजार ६३६ तथा काठमाडौं–२ बाट सुनिल के.सी. ३४ हजार २३८ मतसहित विजयी भएका छन्।
त्यस्तै भक्तपुर–१ बाट रुकेश रञ्जित ३३ हजार ४३६, बाँके–१ बाट सुरेशकुमार चौधरी ३२ हजार ७९२, कास्की–२ बाट उत्तमप्रसाद पौडेल ३१ हजार ९११, पर्सा–२ बाट सुशीलकुमार कानु ३० हजार ७४० र काठमाडौं–५ बाट सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित भएका छन्।
यसैगरी बाँके–३ बाट खगेन्द्र सुनार २९ हजार ५५१, काठमाडौं–४ बाट पुकार बम २९ हजार १४२, स्याङ्जा–१ बाट धनञ्जय रेग्मी २९ हजार ७१, रूपन्देही–४ बाट कन्हैया बनियाँ २८ हजार ६६, काठमाडौं–७ बाट गणेश पराजुली २७ हजार ८०५ तथा काठमाडौं–६ बाट शिशिर खनाल २७ हजार ७११ मतसहित विजयी भएका छन्।
त्यसैगरी पर्सा–१ बाट बुद्धिप्रसाद पन्त (हरि) २७ हजार २७४, पर्वत–१ बाट सागर भुसाल २६ हजार ५६१, काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ २४ हजार ५९२, ललितपुर–१ बाट बुद्धरत्न महर्जन २३ हजार ३७३ तथा बाग्लुङ–१ बाट सुशील खड्का २० हजार ९२७ मतसहित निर्वाचित भएका छन्।
यसैगरी काठमाडौं–३ बाट राजुनाथ पाण्डे १८ हजार ७५७, कैलाली–१ बाट कोमल ज्ञवाली १७ हजार ८२६, गुल्मी–२ बाट गोविन्द पन्थी १६ हजार ९६७, काठमाडौं–१ बाट रञ्जु न्यौपाने १५ हजार ४५५ तथा बाग्लुङ–२ बाट सोम शर्मा १२ हजार ६४७ मतसहित विजयी भएका छन्।
यस परिणामसँगै प्रतिनिधि सभामा रास्वपाको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ। निर्वाचन आयोगबाट अन्य क्षेत्रको अन्तिम परिणाम आउने क्रम भने जारी छ।

प्रकाशित २०८२/११/२३ सनिबार १२:३२ दिउँसो


