धादिङ — प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठले उल्लेख्य अग्रता कायम राखेका छन्।
हालसम्मको मतपरिणाम अनुसार श्रेष्ठले १५,५५१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार रमेश प्रसाद धमलाले १२,०७१ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले ७,४३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारीले ६,१६० मत पाएका छन्।
यस अनुसार बोधनारायण श्रेष्ठ आफ्ना निकटतम प्रतिद्वन्द्वी रमेश प्रसाद धमला भन्दा ३,४८० मतले अगाडि रहेका छन्।
अहिलेसम्म विभिन्न स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ भने अब नीलकण्ठ नगरपालिकाको मतगणना हुन बाँकी रहेको छ भने धादिङ–२ मा कुल ७३,०५१ मत खसेको थियो।

प्रकाशित २०८२/११/२३ सनिबार १२:४४ दिउँसो


