प्रतिनिधि सभा सदस्य निर्वाचनको हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका ६ जना उम्मेदवार विजयी भएका छन्। प्राप्त विवरण अनुसार डोटी–१ बाट भरतबहादुर खड्काले १४,८९७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४,११० मत प्राप्त गरेका छन्।
यस्तै दैलेख–१ बाट बासना थापा १२,३७२ मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११,७९६ मत प्राप्त गरेका छन्। तेह्रथुम–१ मा कांग्रेसका सन्तोष सुब्बा ११,५६१ मत ल्याउँदै विजयी भएका छन्। उक्त क्षेत्रमा एमालेका भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गरेका छन्।
त्यसैगरी रसुवा–१ बाट मोहन आचार्य १०,६५६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५,५७१ मत प्राप्त गरेका छन्।
मुस्ताङ–१ मा कांग्रेसका योगेश गौचन थकाली ३,३०७ मतसहित विजयी भएका छन् भने एमालेका इन्द्रधारा डादु विष्टले १,८०६ मत प्राप्त गरेका छन्। त्यस्तै मनाङ–१ बाट कांग्रेसका टेकबहादुर गुरुङ २,४१५ मतसहित विजयी भएका छन्।
प्रकाशित २०८२/११/२३ सनिबार १२:५५ दिउँसो


