काठमाडौँ । गगन थापा ले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्।
दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका थापा फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि उनले पद त्याग गरेका हुन्। यसअघि सधैं विजयी हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश सिंह सँग पराजित भएका थिए।
निर्वाचनमा हार व्यहोरेपछि नैतिकताको आधारमा उनले सभापति पदबाट राजीनामा दिएको बुझिएको छ। स्रोतका अनुसार उनले बुधबार पार्टीका उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गरेका छन्।
त्यस्तै कांग्रेसले भोलि शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ भने उक्त केन्द्रीय समितिको बैठकमा सभापतिको राजिनामा को बारेमा छलफल हुने एक नेताले बताएका छन् ।

प्रकाशित २०८२/१२/०५ बिहिबार ७:४४ बिहान


