नुवाकाेट,बैशाख १२ – नुवाकाेट जिल्लाकाे ककनी गाउँपालिका वडा नम्बर ६ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाे वडा अधिवेशन गठनकार्य सम्पन्न भएकाे छ ।
जिल्ला पार्टी सदस्य राजु प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीको केन्द्रिय उत्पादन तथा प्रब्रद्न विभाग सदस्य नारायण प्रसाद फुयाल, पार्टीको बागमती प्रदेश अभियान तथा प्रचार प्रसार विभाग सदस्य अभीराज न्याैपाने नुवाकाेट क्षेत्र नं. १ क्षेत्रीय निर्वाचन समिति सभापती यदुुमान लामा, ककनि गाउँपालिका कार्यबाहक सभापति राेजिन लामा, सचिव शिशिर फुयाल लगायतकाे उपस्थितिमा सम्पन्न कार्यक्रममा वडा नं. ६ मा सविन नेपाल, वडा नं. ७ मा रवीन्द्र तामाङकाे सभापतित्वमा ५-५ सदस्यिय वडा समिति गठन गर्दै अधिवेशन सम्पन्न भएकाे बागमति प्रदेश अभियान तथा प्रचार प्रसार बिभाग सदस्य अभिराज न्याैपानेले जानकारी दिनुभयाे ।


प्रकाशित २०८३/०१/१२ सनिवार ९:१४ राती


