काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेत ले सरकार र प्रहरी प्रशासनले गरिरहेको दमन तथा प्रतिशोधपूर्ण गतिविधि विरुद्ध न्यायालयले केही राहत दिइरहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले वर्तमान शासन निरङ्कुश र प्रतिशोधी बन्दै गएको आरोप लगाए। उनले “उत्ताउलो गाई बाघले खाइ” भन्ने उखान उल्लेख गर्दै सरकारले आफ्नै कुकर्मका कारण पतनको बाटो समातेको दाबी गरेका छन्।
उनले सुकुम्बासी, गरिब, विपक्षी दल तथा व्यवसायीलाई दबाबमा राखेर शासन टिकाउन नसकिने बताएका छन्। साथै संविधानको मर्मविपरीत Supreme Court of Nepal को प्रधानन्यायाधीश चयन गरिए त्यसबाट सरकारको पतनको सुरुआत हुने चेतावनी समेत दिएका छन्।
बस्नेतले आफ्नो फेसबुक पोस्टसँगै तस्बिरमा पनि यिनै सन्देशहरू उल्लेख गर्दै सरकारलाई समयमै सचेत हुन आग्रह गरेका छन्।
सरकार र प्रहरीले गरिरहेको दमन र प्रतिशोधका विरुद्ध न्यायालयले केही राहत दिइरहेको छ।
“उत्ताउलो गाई बाघले खाइ ” भनेझैँ निरङ्कुश र प्रतिशोधी शासन आफ्नै कुकर्मका कारण पतनतर्फ उन्मुख छ।
सुकुम्बासी, गरिब, विपक्षी र व्यवसायी सबैलाई दबाबमा राखेर शासन टिक्दैन।
संविधानको मर्मविपरीत सर्वोच्च अदालतको प्रधान न्यायाधीश चयन गरियो भने त्यसैबाट पतनको सुरुआत हुनेछ। चेतना भया।
प्रकाशित २०८३/०१/२४ बिहिबार ५:५१ बेलुका


