नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो।
प्रतिबद्धता पत्रमा पार्टीले “सुशासन र रोजगारीमार्फत समाजवादतर्फको तयारी, राष्ट्रियता र लोकतन्त्रको संरक्षण हाम्रो दायित्व” भन्ने मूल नारा अघि सारेको छ। प्रतिबद्धता पत्र मा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै सुशासन कायम गर्ने, आर्थिक सुधारलाई नयाँ चरणमा लैजाने तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य उल्लेख गरिएको छ।

पूर्ण पाठ हेर्नुस्


