आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोग ले जनाएको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपाने का अनुसार हालसम्म १ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ भने १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको छ। काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको र तीन दिनभित्र छपाइ सकिने अनुमान गरिएको छ।
मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा पुस २२ गतेदेखि सुरु भएको हो। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङ गरी ढुवानीसमेत सुरु गरिएको आयोगले जनाएको छ।

प्रकाशित २०८२/११/०२ १२:४२ दिउँसो


