काठमाडौँ,फागुन
हिजो साँझ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी झण्डा जलाइएको घटना सार्वजनिक भएपछि नेसनल भोलिन्टियर फोर्सले गम्भीर आपत्ति जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो अनुसार, कार्यक्रममा सहभागीहरूले पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाएको समेत देखिएको छ।
नेसनल भोलिन्टियर फोर्सका प्रमुख कमाण्डर क. पुष्पराज श्रेष्ठले जारी विज्ञप्तिमा भनेका छन् कि “राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्न सकिन्छ, तर झण्डा जलाउने, उत्तेजना फैलाउने र घृणा भड्काउने कार्य लोकतान्त्रिक अभ्यास विपरीत छन्। यस्ता क्रियाकलापले मात्र राजनीतिक स्थायित्व नभई सामाजिक सद्भावसमेत विथोल्ने खतरा निम्त्याउँछ।”
संगठनले संलग्न व्यक्ति र समूहको तत्काल छानबिन गरी कडा कानुनी कारबाहीको माग गरेको छ। साथै, यदि राज्य संयन्त्रले यस्तो घटनामा मौन रह्यो भने कानुनप्रति जनविश्वास कमजोर हुने चेतावनी फोर्सले दिएको छ।
नेसनल भोलिन्टियर फोर्सले एक बिज्ञप्ती जारि गर्दै स्पष्ट रूपमा चेतावनी दिएको छ कि पार्टीको झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही नभए, संगठन प्रतिवादमा उत्रिने तयारीमा रहेको छ।
त्यस्तै एमालेका महासचिव संकर पोखरेल ले पनि आफ्नो फेसबुक मार्फत झण्डा जलाएर अरूको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् भनेर आपति जनाएका थिए ।


प्रकाशित ,२०८२/११/०८ शुक्रबार ६:१८


