काठमाडौँ केन्द्रित सार्वजनिक यातायात संचालन गर्दै आएको महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यका बाहिर समेत विस्तार गरेको छ।
निकट भविष्यमा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने योजनासहित हाल सयभन्दा बढी बस सञ्चालन गर्दै आएको महानगर यातायात ले आफ्नो सेवा थप विस्तार गरेको छ।
सेवा विस्तार अन्तर्गत कम्पनीले पोखरा, चितवन र भैरहवा मा २० वटा विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको हो ।
हाल महानगर यातायातले काठमाडौँ रिङ्गरोड ,धुलिखेल र थानकोट सम्म बस सेवा संचालन गर्दै आईरहेको थियो ।

प्रकाशित २०८२/११/१० आईतबार ७:१५ बेलुका


