धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ ४,३७४ मतको अग्रतामा रहेका छन्।
रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, नेत्रावती र ज्वालामुखी गाउँपालिका तथा नीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भइसकेको अबस्थामा श्रेष्ठलाई यो सफलता मिलेको हो ।
हालसम्मको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका बोधनारायण श्रेष्ठले १८,०३२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले १३,६५८ मत, नेकपा एमालेका धनबहादुर घलेले ८,०२३ मत र नेपाल कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ७,०२३ मत प्राप्त गरेका छन्।
यसैबीच नीलकण्ठ नगरपालिकाभित्र रहेका ११ वटा वडाको मतगणना अझै बाँकी रहेको छ। बाँकी मतगणनापछि अन्तिम परिणाम सार्वजनिक हुने छ।

प्रकाशित २०८२/११/२३ सनिबार ३:२३ दिउँसो


