भारतीय प्रधानमन्त्री Narendra Modi (नरेन्द्र मोदी) ले नेपालमा सम्पन्न निर्वाचनको सफल र शान्तिपूर्ण आयोजनाप्रति नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिएका छन्।
प्रधानमन्त्री मोदीले नेपालका दिदीबहिनी तथा दाजुभाइहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्न पाउँदा अत्यन्त खुशी लागेको बताएका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा एक ऐतिहासिक तथा गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
साथै, नजिकको मित्र तथा छिमेकी राष्ट्रका रूपमा India (भारत) नेपालका जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका लागि अझ नजिकबाट सहकार्य गर्न भारत सधैं प्रतिबद्ध रहने पनि प्रधानमन्त्री मोदीले बताएका छन्।
प्रकाशित २०८२/११/२३ सनिबार ८:०९ बेलुका


