“मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ”
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा चौथो वरियतामा रहेकाबेला उहाँलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदमा सिफारिस गरेपछि विभिन्न मिश्रित प्रतिक्रिया आइरहेका छन्।
यसै विषयमा प्रतिक्रिया दिँदै सांसद राजिब खत्री ले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। उनले “मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ । चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ छैन । मान्छे उमेरले होइन, कर्मले श्रेष्ठ हुन्छ,” भन्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले न्याय प्रणालीलाई संकेत गर्दै थप लेखेका छन्, “मान्छे मरेपछि कहाँ जान्छ ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन ? यी सबै तर्क र बहसका विषय हुन् । तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ।”
डा. मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयलाई लिएर कानुन व्यवसायी, राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेको छ। केहीले योग्यताको आधारमा निर्णय भएको बताएका छन् भने केहीले वरियता मिचिएको भन्दै असन्तुष्टि जनाइरहेका छन्।
यस्तो छ सांसद राजिब खत्री ले लेख्नु भएको पोस्ट
मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ । चार नम्बरले जित्न हुँदैन भनेर रूनुको अर्थ छैन । मान्छे उमेरले होइन- कर्मले श्रेष्ठ हुन्छ ।
मान्छे मरेपछि कहाँ जान्छ ?! स्वर्ग र नर्क हुन्छ कि हुँदैन ?! यी सबै तर्क र बहसका विषय हुन् । तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ ।
प्रकाशित २०८३/०१/२५ शुक्रबार १०:३९ बिहान


