नेत्रावती डबजोङ -१,धादिङ्ग
मार्पाक सामुदायिक क्लबका अध्यक्ष शिव कार्की सहित स्थानीय बुद्धिजीवी, नेता उत्तम अधिकारी लगायत करिब २५/२६ जना व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनीहरू आज दिउँसो रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्। कार्यक्रममा रास्वपाका केन्द्रीय तहका नेताहरूको उपस्थितिमा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको थियो।

प्रकाशित २०८२/१०/१५ ४:२५


