प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ८ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठ ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार उनले निर्वाचनमा १४ लाख ९८ हजार रुपैयाँ (१४,९८,०००) खर्च भएको उल्लेख गरेका छन्।

काठमाडौँ–८ बाट प्रतिस्पर्धा गरेका श्रेष्ठले निर्वाचनमा २४ हजार ५९२ मत प्राप्त गर्दै विजयी भएका थिए। उनले आफ्नो चुनावी खर्चको सम्पूर्ण विवरण औपचारिक रूपमा निर्वाचन आयोगमा बुझाएका हुन्।
यसअघि पनि विभिन्न उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै आयोगमा पेश गरिरहेका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूलाई तोकिएको समयभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको छ।
प्रकाशित २०८२/११/२७ बुधबार २:१२ दिउँसो


